Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तले गर्यो आकर्षण लाभांश घोषणा

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, १० : ३७ मा प्रकाशित

वोमी लघुवित्तले गर्यो आकर्षण लाभांश घोषणा

अर्थ संसार, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा भएको  छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा)  मा संस्थाको ३० प्रतिशत लाभांश घोषणा गरिएको हो ।

संस्थाकाे हिजाे (मंसिर १६ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । संस्था नागरिक लघुवित्तसँग मर्ज भई एकिकृत कारोबार समेत सुरूवात गरेको हुनाले बोनसमा कर नलाग्ने संस्थाले जनाएकाे छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको