सिद्धार्थ बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सातवटा शाखा शाखा कार्यालय समायोजन गर्ने भएको छ । बैंकले काठमाडौं, ललितपुर र पोखराको विभिन्न शाखा कार्यालय समायोजन गर्न लागेको हो ।
बैंकले काठमाडौंस्थित कालोपुल शाखा कार्यालय चाबहिल शाखा कार्यालयमा, कुलेश्वर शाखा कार्यालय कालिमाटी शाखा कार्यालयमा र नरदेवी शाखा कार्यालय पुतलीसडक शाखा कार्यालयमा गाभ्न लागेको हो ।
त्यसैगरी ललितपुरको जावलाखेल शाखा कार्यालय बी एण्ड बी शाखा कार्यालयमा र पोखराको चिप्लेढुंगा र बुद्धचोकको शाखा कार्यालय पोखरा सभागृहस्थित शाखा कार्यालयमा र बगरस्थित शाखा कार्यालय पस्र्याङस्थित शाखा कार्यालयमा गाभ्न लागेको हो ।
स्थानान्तरित शाखा कार्यालयबाट साउन १ गतेदेखि एकीकृत कारोबार गरिने बैंकले जनाएको छ । लकर समेत स्थानान्तरण हुने भएकाले टुटफुट हुने सामग्री भएमा असार २६ गतेसम्म लकरबाट निकालिसक्न ग्राहकलाई आग्रह समेत गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस