अर्थ संसार, काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो  । 
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस ेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस