Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय आईसीआईसीआई बैंकद्वारा नेपालमा प्रतिनिधि कार्यालय उद्घाटन

अर्थ संसार

विहीबार, १८ मंसिर २०७७, १७ : ४५ मा प्रकाशित

भारतीय आईसीआईसीआई बैंकद्वारा नेपालमा प्रतिनिधि कार्यालय उद्घाटन

अर्थ संसार, काठमाडौं– भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो ।

प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र आईसीआईसीआई बैंकका प्रबन्ध सञ्चालक तथा सिईओ सन्दीप बक्सीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट गर्नुभएको थियो । 

प्रतिनिधि कार्यालयमार्फत बैंकले नेपालका बैंकहरुसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्नेछ । नेपालमा शाखा प्रतिनिधि कार्यालयको स्थापनासँगै बैंकका अन्तर्राष्ट्रिय शाखा प्रतिनिधि कार्यालयहरु विभिन्न १५ देशमा पुगेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अन्तर्राष्ट्रिय बैंकिङ्ग ग्रुपका प्रमुख श्रीराम एच आयरले नेपाल र भारतबीच महत्वपूर्ण व्यापार तथा लगानीको सम्बन्ध रहेको र नेपाली बैंकहरुसँगको बलियो सहकार्यसहितको प्रतिनिधि कार्यालय स्थापनाले दुई देशबीच आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै बैंकका इन्टरनेशनल फाइनान्सियल इन्टिट्युसन प्रमुख रन्जु सिग्टियाले प्रतिनिधि कार्यालयको स्थापना बैंकको यस क्षेत्रप्रति गरिएको पूर्व प्रतिवद्धताको पुनपुष्टिकरण भएको र बैंकले नेपाल भारतबीचको दीर्घकालिन आर्थिक गतिविधिहरुमाथि विश्वास रहेको बताउनुभयो । 

साथै उहाँले दुई देशबीच व्यापार गर्ने ग्राहकहरुबीच गहिरो सम्बन्ध बनाउन नेपालका बैंकिङ्ग साझेदारहरुसँग बैंकले काम गर्ने बताउनुभयो ।
बैंकले रञ्जन कुमार थापालाई नेपालको प्रतिनिधि कार्यालयको प्रमुख नियुक्त गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको