Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०० : २१ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

अर्थ संसार, काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) सँग आवद्ध भएको छ । इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबारहरुलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

साथै, प्राइम लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो ९प्रिमियम० बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई पेमेन्टबाट वा ५ हजारभन्दा बढि बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको