Like us!
Follow us!
Connect us!
Watch us!

क्लब हिमालय नगरकोटमा क्रिशमस स्पेशल अफर

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १७ : १८ मा प्रकाशित

क्लब हिमालय नगरकोटमा क्रिशमस स्पेशल अफर

अर्थ संसार, काठमाडौं - नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोटले क्रिस्टमस एबोभ द क्लाउडस स्पेशल अफर ल्याएको छ । 

विशेष गरी नेपाली र नेपालमा बसीरहेका विदेशी पाहुनाहरुलाई लक्षित गर्दै नेपाली रु. १० हजार मै एक जोडीले क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् । यस अफर अन्तरगत ९ गते एक जोडी पाहुनाहरुको लागि ४ कोर्सका क्रिशमस स्पेशलडिनर, १० गतेको लागि ब्रेकफास्ट, हट चक्लेटर कुकिज समावेश गरिएको छ । 

सान्टाद्धारा स्पेशलगिफ्टको रुपमा थप एक रात फ्रिमा कोठा उपलब्ध हुनेछ जसमा खाना समावेश गरिएको छैन । यस योजनामा शर्तहरु भने लागू हुनेछ ।
उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको यस होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिँदै आएको छ ।

नगरकोटको उत्कृष्ट स्थानमाअवस्थित क्लब हिमालय नगरकोटबाट विश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिन्छ । यस होटल २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४२ वर्षको ईतिहास भएको क्लब हिमालयएस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको