Like us!
Follow us!
Connect us!
Watch us!

बाइडेनले लगाए कोभिड–१९ को खोप

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, २० : १० मा प्रकाशित

बाइडेनले लगाए कोभिड–१९ को खोप

अर्थ संसार, डेलावेयर-अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुद्धको खोप lलगाएका छन् । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । 

अठहत्तर वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो ।

त्यस अवसरमा बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग आग्रह गर्नु भएको थियो । हालसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यान लिइसकेको कोरोनाभाइरस विरुद्ध खोप लगाउने अभियान अमेरिकाका विभिन्न राज्यमा जारी छ । 

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उहाँका पतिले भने अर्को साता खोप लिने कार्यक्रम छ । 

यसैबीच, उपराष्ट्रपति माइक पेन्स र उहाँकी पत्नीले गत साता नै खोप लिइसक्नु भएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिने बारेमा केही बताएका छैनन् । 

अमेरिकामा हाल फाइजर–बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको