Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १३ : २८ मा प्रकाशित

गरिमा विकास बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार, काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक  गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको पुस १० गते शुक्रबार बसेको  सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको  १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरीनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको