Like us!
Follow us!
Connect us!
Watch us!

बजार लगातार दोहोरो अंकमा घट्यो, कारोबार रकम पनि न्युन

सोमबार, ०१ कार्तिक २०७३, १५ : २० मा प्रकाशित

बजार लगातार दोहोरो अंकमा घट्यो, कारोबार रकम पनि न्युन


अर्थ संसार
काठमाडौं–निकै उतारचढावपूर्ण देखिएको नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचक सोमबार पनि १०।३८ अंकले घटेर बन्द भएको छ । लामो दशैं विदापछि खुलेको बजार लगातार दोस्रो दिन दोहोरो अंकले घटेको हो । कारोबार रकमसमेत निकै घटेको छ ।

यस दिन बिमा ६२, बाणिज्य बैंक १४।३९, होटल २२।७५, विकास बैंक ३।७४ र फाइनान्स २।६९ अंकले झरेको छ । जलविद्युत करिव १८ अंक र अन्य सुचक एक अंकभन्दा कमले  वढेको छ । सोमबार ११६ कम्पनीको ६३ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । घटेको बजारमा कामना विकास बैंकका लगानीकर्ताले राम्रो कमाइ गरेका छन् भने किसान माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् ।

लामो समय कारोबार बन्द भएर खुलेका कुमारी बैंक र बैंक अफ काठमाण्डू लुम्बिनीको सेयरमा लगानीकर्ता आकर्षित भएका छन् । त्यसपछिको आकर्षण प्रभु इन्स्योरेन्समा देखिएको छ । यस दिन कुमारीको साढे ७ करोड र बैंक अफ काठमाण्डूको ५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्रभुको ५ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको