Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम १४ अर्बमा सिमित

अर्थ संसार

मंगलबार, १३ माघ २०८२, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम १४ अर्बमा सिमित

चुनाव हुने सुनिश्चितता पछि बढेको सेयर बजार आज उच्च अंकले घटेर कारोबार भएको छ । आईतबार उच्च अंकले बढेको बजार सोमबार सामान्य करेक्सन भएको थियो । तर मंगलबार भने बजार ४२.५८ अंकले घटेर बन्द भएको हो । यो अघिल्लो दिनको भन्दा १.५३ प्रतिशतले कम हो । 

आइतबार ५७ अंकले बढेको बजार सोमबार ३ अंकले घटेको थियो । मंगलबारको कारोबार बन्द हुन्दा नेप्से परिसुचक २७२६.५१ विन्दुमा पुगेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मूल्य मात्रै बढेको छ । आज २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ७.३७ अंकले घटेर ४६४.४६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १६ अर्ब माथिको कारोबार भएको बजारमा आज १४ अर्ब भन्दा केही बढीको कारोबार भएको छ । 

आज सेयर बजारमा ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १ लाख ४२ हजार ४७६ पटक खरिद बिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको