रिज लाइन इनर्जी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले पहिलो चरणमा पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको हो ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपिओ बाँडफाँड गरेको छ । आईपीओमा ४ हजार ६९ जनाको आवेदन परेकोमा ४ हजार ४३ जनाको मात्र आवेदन योग्य भएका थिए । सबै आवेदकले सेयर पाएका छन् । १० कित्तादेखि ५५० कित्ता सेयर माग गरेर आवेदन दिने सबैले माग अनुसार सेयर पाएका हुन् । ६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ५९० कित्ता, ६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर थप १० कित्ता सेयर बाँडफाँड गरिएको छ, जुन ५५३ जनाले पाएका छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४२ हजार २ सय कित्ता सेयर निष्काशन गरेको थियो । यस निष्काशनमा कुल ७८ हजार ३ सय ४६ जनाले आवेदन दिएकोमा ७० हजार ७ सय ७८ जनाको आवेदन मात्र योग्य भएको थिए । जसमा १४ हजार २२० जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस