Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको २६ औँ वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार

शनिबार, १९ पुस २०८२, १९ : ५४ मा प्रकाशित

नेपाल लाइफको २६ औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २६ औ वार्षिक साधारणसभा आज पर्साको वीरगन्जमा रहेको होटल भिष्वामा सम्पन्न भएको हो । 

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजीको कुल २१.०५ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव पारित गरेको छ । पािरित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ । सभाले बोनस सेयर वितरणपछि चुक्तापुँजी सोहीबमोजिम वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । 

सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा उद्देश्यलगायत अन्य आवश्यक समयानुकूल संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल वा निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको