चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बैंकहरुको नाफा बढेको हो ।
यो अवधिमा २० वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले ६ महिनाको अवधिमा आफ्नो नाफा ४६.७१ प्रतिशतले बढाएर ४ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बमा रहेको ग्लोबल आइएमई बैंकको ६.५० प्रतिशतले बढेर ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ३ अर्ब ५ करोड रहेको थियो ।
तस्तै यो अवधिमा कुमारी बैंकको नाफा उछाल आएको छ । बैैंकको नाफा ८८६ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष सो अवधिमा भने बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँमा सीमित रहेको थियो । दोस्रो त्रैमाससम्मको अवधिमा क्रमशः एभरेष्ट बैंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड, प्राइम बैंकको ९.२७ प्रतिशतले बढेर २ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकको १३२.०४ प्रतिशतले बढेर १ अर्ब ७७ करोड, एनएमबि बैंकको १७.७१ प्रतिशतले घटेर १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३.०५ प्रतिशतले घटेर १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्मको अवधिमा सानिमा बैैंकको नाफा १६.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड, स्टान्र्डड चार्टड बैंकको १५०.२० प्रतिशतले बढेर १ अर्ब ३२ करोड, हिमालयन बैंकको १४.८९ प्रतिशतले घटेर १ अर्ब २९ करोड, नेपाल एसबिआई बैंकको १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड, प्रभु बैंकको २४.०८ प्रतिशतले घटेर १ अर्ब १ करोड र माछापुच्छ्रे बैंकको २५.२५ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको हो ।
साथै, कृषि विकास बैंकको नाफा २६.१२ प्रतिशतले घटेर ७० करोड ७४ लाख, सिटिजन बैंकको ४५.७८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकको १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको नाफा भने ऋणात्मक रहेको छ । ६ महिनाको अवधिमा बैंकको नाफा २७ करोड ३६ लाख रुपैयाँ रहेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस