Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति

अर्थ संसार

आइतबार, २० पुस २०८२, २१ : ०१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो केन्द्रीय संरचना विस्तार गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणको उद्देश्यसहित नयाँ सदस्यहरूलाई केन्द्रीय तहमा समेट्ने निर्णय गरेको हो।

बैठकपछि पार्टीका प्रवक्ताले जानकारी दिँदै केन्द्रीय समितिमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरूलाई समावेश गरिएको बताए। उनका अनुसार यस निर्णयले पार्टीभित्र नेतृत्वको दायरा विस्तार हुनुका साथै आगामी राजनीतिक गतिविधिमा थप सक्रियता आउने अपेक्षा गरिएको छ।

यसअघि सोही दिन बसेको अर्को बैठकबाट समीक्षा बाँस्कोटा र रञ्जु दर्शनासहित सात जनालाई केन्द्रीय सदस्यका रूपमा मनोनीत गरिएको थियो। पछिल्लो निर्णयसँगै पार्टीको केन्द्रीय समिति थप व्यापक र प्रतिनिधिमूलक बनेको पार्टीको बुझाइ छ।

केन्द्रीय समितिमा अनुमोदन हुनेहरूमा बालेन्द्र शाह, सुनील लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको