Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सेयर बजार : नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

अर्थ संसार

सोमबार, १३ पुस २०७७, १५ : १९ मा प्रकाशित

बढ्यो सेयर बजार : नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ८.५७ अंकले बढेर २००७.२९ मा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३८२.५७ मा पुगेको छ ।

कूल २१४ वटा कम्पनीकाे ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, साेमबार काराेबार रकमकाे आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे ३४ कराेड ९१ लाख ८० हजार ५२ रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे हाे ।

5fe9a755ce381.jpg 5fe9a755d6b36.jpg 5fe9a7565f96d.jpg 5fe9a75673cb8.jpg 5fe9a756a70b9.jpg 5fe9a756bca78.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको