Like us!
Follow us!
Connect us!
Watch us!

युवा लक्षित “युथम्युजिक कन्टेस्ट २०२१” को प्रायोजन सिभिल बैंकले गर्ने

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १७ : ०५ मा प्रकाशित

युवा लक्षित “युथम्युजिक कन्टेस्ट २०२१” को प्रायोजन सिभिल बैंकले गर्ने

दया फाउन्डेसनले नयाँवर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै “युथम्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ । जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ । यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।  प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार क्रमसः रु २५ हजार, रु १५ हजार र रु १० हजार रहेको छ । 

यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाइएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) “युथम्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । प्रतिस्पर्धीले कुनै पनिभाषाको गीत गाउन सक्ने छन्  । यद्यपि नेपालको विभिन्न मौलिक भाषामा गाइएको गीतलाई भने प्राथमिकता दिइनेछ ।

नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नवप्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आव्हान गरिएको छ । पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नु पर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ । ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिकसम्म अपलोड गरिसक्नुपर्ने छ। अन्तिम चरणमा “युथम्युजिक कन्टेस्ट २०२१” का विजेताहरूको घोषणा ७०% “युथम्युजिक कन्टेस्ट २०२१” को फेसबुक ग्रुपमार्फत प्राप्त लाईकको आधारमा र ३०% निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ । 

दया फाउन्डेसनको तीनमुलभूत उद्देश्य; शिक्षा, स्वास्थ्य तथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु¥याउने कुरा दया फाउन्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभामाथेमा प्रधानले बताउनुभयो । 

हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरु माझ ब्याप्त मानसिकतनाबलाई न्यूनिकरणका लागिपनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोबिन्द गुरुङले बताउनुभयो ।

ईच्छुक व्यक्तिहरुको सहजताको लागि फेसबुक ग्रुपको लिंक :-

https://www.facebook.com/groups/2884392858506217/  )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको