Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकका कर्मचारी आन्दोलनमा, देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १२ : २३ मा प्रकाशित

सिभिल बैंकका कर्मचारी आन्दोलनमा, देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू

हिमालयन बैंक लिमिटेडले प्राप्ति गर्न लागेकाे सिभिल बैंक लिमिटेडका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलन अन्तर्गत सिभिल बैंकका कर्मचारीले देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेका छन् ।

एक्विजिसनको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका हुन् । एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएकोमा विरोध जनाउँदै आज बिहान १० बजेदेखि २ घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेको सिभिल बैंककाे कर्मचारी युनियनले जानकारी दिएकाे छ । 

बैंकका कर्मचारीहरूले व्यवस्थापन समूहलाई दबाब बढाउन याे कदम चालेका हुन् । सिभिल बैंक लिमिटेडमा सुपरभाइजर भन्ने तह रहेकाे छ । यता हिमालयन बैंकमा भने सुपरभाइजर भन्ने तह खारेज भइसकेको छ । एक्विजिसनपछि सिभिल बैंकका सुपरभाइजर तहका कर्मचारीहरू पनि हिमालयन बैंकमा सिनियर असिस्टेन्ट हुने भएपछि याे समस्या उत्पन्न भएकाे हाे ।

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेलाई प्राप्ति गर्ने सम्झौतामा असार २९ गते, बुधबार हस्ताक्षर भएकाे थियाे । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो । जस अनुसार सिभिल बैंककाे १०० कित्ता सेयर हुनेले हिमालयन बैंककाे ८१ कित्ता सेयर प्राप्त गर्नेछन् ।  

दुवै बैंककोे पुस २८ गते सम्पन्न भएकाे साधारण सभाले पनि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरिसकेका छन् । यी दुई बैंककाे एकिकृत काराेबार फागुनबाट सुरू गर्ने गरी अन्तिम तयारी भइरहेकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको