Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले गर्याे लाभांश घाेषणा, यस्ताे छ लाभांश इतिहास

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, १० : ५० मा प्रकाशित

सिभिल बैंकले गर्याे लाभांश घाेषणा, यस्ताे छ लाभांश इतिहास

सिभिल बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे आज (पाैष ५ गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

यस्ताे छ सिभिल बैंक लिमिटेड​को ८ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५.७५ नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत बाेनस र १.५ प्रतिशत नगद गरि कूल ८.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.७५ प्रतिशत बाेनस र ०.३५ प्रतिशत नगद गरि कूल ७.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २.८८ प्रतिशत बाेनस र ०.१५ प्रतिशत नगद गरि कूल ३.०३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १०.२५ प्रतिशत बाेनस र ०.५४ प्रतिशत नगद गरि कूल १०.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ४.०५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।

७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.५७ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

63a1472fca7d6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको