Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्धारा पुनरकर्जा लागि आवेदन खुला, कस्ता कस्ता व्यवसायिले पाउने ?

अर्थ संसार

शुक्रबार, १७ पुस २०७७, १० : ३३ मा प्रकाशित

राष्ट्र बैंकद्धारा पुनरकर्जा लागि आवेदन खुला, कस्ता कस्ता व्यवसायिले पाउने ?

नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित व्यबसायिहरुका लागि पुनरकर्जा वितरणका लागि आवेदन खुला गरेको छ । 

राष्ट्र बैंकले आज शुक्रबार एक सुचना जारी गर्दै पुनरकर्जाका लगि आवेदन दिन आह्वान गरेको हो । नेपाल राष्ट्र र्बैक पुनरकर्जा कार्यबिधी २०७७ मा भएको व्यबस्था अनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु,घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा बिशेष पुनरकर्जाका लागि आवेदन आहवान गरिएको छ ।

पुनरकर्जाका लागि वाणिज्य बैंक, बिकाश बैंक र फाइनान्स कम्पनीहरुले माघ १२ गते सम्म निवेदन दिइसक्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार यस्तो कर्जा कोभिडका कारण अति प्रभावित र मध्य प्रभावित क्षेत्रहरुका लागि मात्र उपलब्ध गराईने छ । 

राष्ट्र बैंकका अनुसार बैंक तथा बित्तिय संस्थाहरुले लघु, घरेलु तथा साना उद्योगका लागि प्रतिग्राहक १५ लाख रुपैया सम्म र साधारण तथा बिषेश उद्योगका लागि ५ करोड रुपैयाँ सम्म पुनरकर्जा उपलब्ध गराउन सक्नेछन् । 

पुनरकर्जाका रुपमा उपलब्ध गराउने ऋणको ब्याजदर न्युनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म हुने बैंकले जनाएको छ। संस्थाले माग गर्ने पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशत सम्म हुनुपर्ने छ । त्यसैगरी आवेदनको छनौट गरिएका कर्जाको भुत्तानी अवधी न्युनतम १ बर्ष बाँकी रहेको हुनुपर्ने छ ।

पुनरकर्जाका लागि आवेदन गरिएको रकम मध्य ७० प्रतिशत लघु, घरेलु तथा साना उद्योग पुनरकर्जा अन्तरगत हुनेगरी माग गर्नु पर्ने छ र आवेदनका लागि छनौट गर्दा प्रत्यक शाखाबाट ५ ग्राहक समेटिएको हुनुपर्ने बैंकले जनाएको छ । आवेदन पेस गर्ने संस्थाको पुँजीकोषको अनुपात राष्ट्र बैंकले तोकेबमोजिम हुनुपर्ने छ ।

केन्द्रिय बैंकले इच्छुक ग्राहक ऋणीहरुलाई पनि आफुले सेवालिइरहेको क,ख र ग बर्गका बैंक तथा वित्तिय संस्थाहरुको शाखामा पुनरकर्जाका लागि निवेदन दिन अनुरोध गरेको ।

पुनरकर्जाका लागि कोभिडले अति प्रभावित र मध्य प्रभावित क्षेत्रको सुचि निम्नअनुसार छः

5feeac2b21ddb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको