Like us!
Follow us!
Connect us!
Watch us!

स्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ

अर्थ संसार

सोमबार, २० पुस २०७७, १७ : १७ मा प्रकाशित

स्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले मिति आज पुस २० गते अन्दाजि ०४ः२७ बजेको समयमा काठमाण्डौ चन्द्रागिरि  नगरपालिका वडा नं। २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ (०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार फेला परेको हो ।

उक्त कारमा सवार भारत गोरखपुर घण्टाघर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता र कपिलबस्तु जिल्ला बाँडगंगा नगरपालिका ४ बस्ने बर्ष २२ को संगम थारुलाई पक्राउ गरेको छ । 
पक्राउ परेकामध्य संगम थारू कार चालक हुन् । बरामद रकम मध्य कारको डिक्किमा स्पेयर टायरमुनि लगायत कारको बिभिन्न भागमा लुकाईछिपाई ३ वटा झोलामा ल्याएको अवस्थामा रू १ करोड ४७ लाख रूपैया बरामद भएको हो भने अमित कुमार गुप्ताको साथबाट रू ८६ हजार रूपैया बरामद भएको हो ।

उक्त रकम भारतबाट नेपालमा भारतीय रूपैया ल्याई सीमा क्षेत्रमा पटक पटक गरी सटही गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धि थप अनुसन्धानको लागि उक्त सवारी साधन, बरामद गरीएको रकम सहित पक्राउमा परेका व्यक्तिहरूलाई  आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण बिभाग पठाईएको छ ।

 
यसअघि २०७७।७।२१ गते पनि नागढुंगा चेकप्वाईन्टबाट श्रोत नखुलेको रकम रू ४० लाख सहित  लु१ख ८६५२ नं को यात्रुबाहक बसका यात्रु पच्छिम नवलपरासी पाल्हिनन्दन गा.पा वडा नं २ घर हुने वर्ष ४० को ब्यास गुप्तालाई पक्राउ गरी  थप अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण विभाग, हरिहरभवनमा पठाईएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको