Like us!
Follow us!
Connect us!
Watch us!

श्रममन्त्री श्रेष्ठको सम्पतीः २ करोड बढि सेयरमा लगानी, काठमांडौमा ३ ठाँउमा जग्गा, ८ बैंकमा खाता

अर्थ संसार

मंगलबार, २६ असोज २०७८, ०७ : ०१ मा प्रकाशित

श्रममन्त्री श्रेष्ठको सम्पतीः २ करोड बढि सेयरमा लगानी, काठमांडौमा ३ ठाँउमा जग्गा, ८ बैंकमा खाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान ले मन्त्री भएको चार दिनमै सम्पती विवरण सार्वजनिक गरेका छन् ।  सनर्वजनिक विरण अनुसार उनको २ करोड भन्दा बढि रुपैयाँ सेयरमा लगानी रहेको देखिन्छ । 

कुनै पनि व्यक्तिले सार्वजनिक पद धारण गरेको ६० दिन भित्रमा सम्पती विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको भएतापनि श्रेष्ठले भने मन्त्री भएको चौथो दिनमै सम्पति विवरण सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको सम्पति विवरणअनुसार आफ्नो विभिन्न कम्पनीमा दुई करोड १७ लाख २४ हजार ४०० मूल्य बराबरको  सेयर लगानी रहेको उल्लेख गरेका छन् । त्यस्तै काठमाण्डौमा उनको तीन स्थानमा जग्गा रहेको छ। काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा , काठमाडौँ–३ मा कित्ता नम्बर १०८, ४२९.१४ क्षेत्रमा र काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा जग्गा रहेको उल्लेख छ। 

त्यसतै उनले काठमांडौमा आफ्नो दुई घर रहेको सार्वजनिक विवरणमा उल्लेख गरेका छन्। उनले काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर र काठमाडौँ–९ धापासीमा सात तलाको व्यावसायिक घर रहेको जनाएका छन्। 


त्यस्तै उनले २० वटा व्यावसायिक कम्पनीहरुमा रु १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेको उल्लेख गरेका छन् । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा जम्मा रु नौ करोड ६९ लाख ७३ हजार ५० मूल्य बराबरको रहेको उल्लेख छ । गरगहनामा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको बताएका छन्। उनले बैंक खाता विवरणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको