हालै (२७ पुसमा) गोरखाका तत्कालीन राजा र पछि नेपालका भौगोलिक एकीकरणका सफल अभियन्ता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती परेको थियो । जुन दिनलाई नेपालका अति राष्ट्रवादी कामरेडहरुले राष्ट्रिय एकता दिवस भनी मनाउने गर्छन् ।
पृथ्वीनारायण शाह त मान्छे थिए, त्यस माथि उनी युद्ध लड्न हिँडेका थिए, त्यसैले युद्धको क्रममा मान्छे मरे, मारिए भनी स्वीकार गर्नु पर्यो । पृथ्वीनारायण शाहले पनि युद्ध लड्ने क्रममा धेरै मान्छेहरु मारिए, युद्ध का क्रममा केही न केही ज्यादतीहरु पनि भए भन्न सक्नु पर्यो
हुन त उनले लगभग २१ वर्षको उमेर मै राजकीय कार्य सुरु गरेका थिए । त्यस्तै पञ्चायती व्यवस्थाकालका नेता तथा लेखक दीर्घराज प्रसाईँ लगायत लेखक तथा इतिहासकारहरुले यो वर्षको पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा लेखेको लेख रचनाहरुमा अझै पनि कीर्तिपुरको युद्धमा पृथ्वीनारायण शाहका सेना प्रमुख कालु पाँडे मारिएको र आफ्ना भाई शूरप्रताप शाह मारिएको झोँकमा कीर्तिपुरे जनताका नाक कान काटेको, कीर्तिपुरे सेनाको सिपाहीले पृथ्वीनारायण शाहलाई मार्न लाग्दा अर्को सिपाहीले देखेर राजालाई मार्न राजा नै चाहिन्छ, हामीले मार्ने होइन ! भनेर मात्रै पृथ्वीनारायण शाह बाँचेको प्रसंग, मकवानपुरका राजा तथा आफ्ना जेठान दिग्वर्दन सेनलाई नुनचुक लगाएर मारेको प्रसंग, आफ्नो स्वार्थका लागि गोत्र नै परिवर्तन गरेको प्रसंग, पूर्वका किराती छल गरेर (अरुण नदीमा बिना हातहतियार भेला भई मीत लगाउने भनी लिम्बु राजाहरुलाई बोलाएर तर, पृथ्वीनारायण शाहका सेनाहरुले पहिले नै वालुवामा लुकाएर राखेको खुँडा, तरबार आदिले काटेर/मारेर) जितेको प्रसंग आदि बारे पनि वास्तविकता जे हो, त्यही लेख्नु पर्यो ।
वास्तविकता जे हो त्यो त्यही भन्नु पर्यो, वास्तविकता स्वीकार गर्नु पर्यो, इतिहासलाई सच्याउनु पर्यो अनि भगवानले मात्रै गल्ती गर्देनन् भन्ने मानसिकता लाइ त्याग्न पर्यो किनभने भगवान नै हुँदैन भन्ने स्वीकार गर्नु पर्यो । पृथ्वीनारायण शाह त मान्छे थिए, त्यस माथि उनी युद्ध लड्न हिँडेका थिए, त्यसैले युद्धको क्रममा मान्छे मरे, मारिए भनी स्वीकार गर्नु पर्यो । पृथ्वीनारायण शाहले पनि युद्ध लड्ने क्रममा धेरै मान्छेहरु मारिए, युद्धका क्रममा केही न केही ज्यादतीहरु पनि भए भन्न सक्नु पर्यो ।
यसरी महानताका साथ क्षमा माग्ने र गल्ती स्वीकार गर्ने हो भने हामी सबैले सहर्ष पृथ्वी जयन्ती मनाउने वातावरण बन्न सक्छ । नत्र त कथित् राष्ट्रवादी भनिनेहरुले तामझामका साथ वर्षेनी पुस २७ गते ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !’ भनी मनाई रहने, अर्को पक्षले पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता होइन, ‘साम्राज्यवादी !’ भनी कीर्तिपुरमा भेला भएर पृथ्वीनारायण शाहललाई हरेक वर्षको पुस २७ गते थुक्ने कार्यक्रम आयोजना गरी रहने क्रम अनन्तकालसम्म चली रहने देखिन्छ । त्यसैले राष्ट्रवादी कामरेडहरुले नै पहिले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरणका क्रममा भए–गरेका सानातिना गल्ती र कमजोरीहरुलाई स्वीकार गर्दे र, उनका भाई–छोरा–बुहारीले नेपालको भगौलिक एकीकरणपछि नेपालका विभिन्न जातजातिहरु माथि जबरजस्ती थोपरेको वा लादिएको गोरखा–खस–नेपाली भाषा, हिन्दु चाडबाड, पर्व, जात्रामात्रा, संस्कार, संस्कृति, भेषभुषा, रीतिथिति, कानुनी बार–बन्देज आदिबारे पनि खुलेर छलफल र बहस गर्नुपर्ने देखिन्छ,अन्यथा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !’ भनी सुगा रटाई मात्रै गरी रहने हो भने त .... ।
लेखक तथा इतिहासकारहरुले हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा लेख, रचनाहरु लेख्दा अबका दिनमा कीर्तिपुरको युद्धमा कीर्तिपुरे जनता माथि भएको बर्बर अत्याचारको बिषय पनि समेटिनु पर्दछ ।
यदि पृथ्वीनारायण शाहमाथि त्यही वेला त्यस्तो केही भई हालेको भए अहिलेका हाम्रा अति राष्ट्रवादीहरुले कथित् राष्ट्रवादको नाममा यसरी उखरमाउलो ! गर्न पाउँथे कि पाउँथेनन् होला ?
अर्को सेनाले आएर ‘राजा त अवध्य हुन्छन्’ भनेर हात नसमातेको भए पृथ्वीनारायणको जीवन त्यसै स्थलमा समाप्त हुन्थ्यो भनी ‘नेपालको ऐतिहासिक रुप–रेखा’ नामक किताबको पाना नम्बर–१७८ मा बालचन्द्र शर्माले लेखेका छन् । यसरी हेर्दा शत्रु पक्षको एउटा सामान्य सिपाहीको दूरर्शिताले मात्रै त्यो वेला (कीर्तिपुरको दोस्रो लडाईँमा) पृथ्वीनारायण शाह बाँचेको प्रसंग, बेलकोट युद्धमा कैद परेका जयन्त रानालाई जिउँदै छाला काढेर मार्न लगाएको प्रसंग, मकवानपुरका राजा हेमकर्ण सेनकी छोरीलाई दोस्रोपटक लिन जाँदा आफु बसेको ठाउँमा मकवानपुरे राजाका सेनाले जुत्ता नखोली सलाम गर्दा ती सेनाहरुलाई आफ्नो मानिस लगाई मार्न लगाएको, त्यसपछि उनका जेठान दिग्बन्धन सेन तुरुन्तै आई ... तर, राजा हेमकर्ण सेन आई छोरालाई तत्कालै रोकेको प्रसंग (स्मरणीय छ, इतिहासकार बालचन्द्र शर्माका अनुसार हेमकर्ण सेन तुरुन्तै आई पुगी दिग्बन्धन सेनलाई नरोकेको भए त्यही वेला पृथ्वीनारायण शाहमाथि जे पनि हुन सक्थ्यो ।
यदि पृथ्वीनारायण शाहमाथि त्यही वेला त्यस्तो केही भई हालेको भए अहिलेका हाम्रा अति राष्ट्रवादीहरुले कथित राष्ट्रवादको नाममा यसरी उखरमाउलो गर्न पाउँथे कि पाउँथेनन् होला ? त्येस्तै आफ्नो स्वार्थका लागि वनारस गएर भारद्धाज गोत्र त्यागेर काश्यप गोत्र लिएको प्रसंग, पूर्वका किराती छल गरेर (अरुण नदीमा बिना हातहतियार भेला भई मीत लगाउने भनी लिम्बु राजाहरुलाई बोलाए तर, पृथ्वीनारायण शाहका सेनाहरुले पहिले नै वालुवामा लुकाएर राखेको खुँडा, तरबार आदिले काटेर/मारेर) जितेको प्रसंग, तनहँुका राजालाई पनि ... आदि बारे पनि केही न केही लेख्नु पर्यो किनभने, केही उदारवादी वा भनौं वास्तविकता स्वीकार गर्ने लेखक तथा इतिहासकारहरुले भने पृथ्वीनारायणका यी र यस्ता कमी कमजोरीहरु बरे लेख्ने वा भनौं बोल्ने गर्छन् । तर, उग्र राष्ट्रवादी, अन्ध राष्ट्रवादी र अति राष्टवादीहरुले भने, पृथ्वीनारायण शाहको स–सानादेखि ठूल–ठूला र जघन्य अपराधहरुको स्वीकारोक्तिको त के कुरो दूधले नै नुहाएका थिए भने भैmँ गर्छन्, देवत्तोकरण गर्छन् । जुन सरासर गलत हो ।
त्यसैले हामी सबै नेपालीहरुले पृथ्वीनारायण शाहलाई निर्विवाद रुपमा स्वीकार्ने हो भने उनले नेपालको भगौलिक एकीकरण गर्ने क्रममा गरेका स–सानादेखि ठूल–ठूला र जघन्य अपराधहरुको पनि स्वीकारोक्ति हुनु पर्छ । कि कसो हौ, उग्र राष्ट्रवादी, अन्ध राष्ट्रवादी र अति राष्टवादी कामरेडहरु ?
हुन त पृथ्वीनारायण शाहले लगभग २० वर्षको उमेरमै राजकीय सत्ता चलाउन सुरु गरेका थिए भने, उनी लगभग ५२ वर्षको उमेरमै बितेका थिए । अन्तमा जे भएता पनि पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा मेरो पनि हार्दिक श्राद्धसुमन।
(नोटः यहाँ उल्लेखित धेरै जसो सन्दर्भ–स्रोत बालचन्द्र शर्माद्घारा लिखित ‘नेपालको ऐतिहासिक रुप–रेखा’ नामक किताबबाट लिईएको हो । )
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस