स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाको चौबिसौँ वार्षिक साधारण सभा २०८३ साल जेष्ठ २९ गते सम्पन्न हुँदैछ । यस साधारण सभाले नियमित कार्यक्रमहरु पारेत गर्दै संस्थामा नयाँ पदाधिकारीहरुको चयन गर्नेछ । सर्वप्रथम म साधारण सभाको सफलताको कामना गर्दछु । नेतृत्वमा चयन भएर आउने पदाधिकारीहरुले यस संस्था मार्फत देशमा विद्युत क्षेत्रको उन्नतीका लागी कामहरु गर्न सफलता मिलोस भन्न चाहन्छु ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाको आफ्नो कर्पोरेट भवनमा कार्यालय होस भन्न चाहन्छु । यो भवन निर्माणको लागी हामि ६५० भन्दा बढी सदस्य संस्थाहरुबाट क्षमताको आधारमा आर्थिक सहयोग संकलन गरी भवन निर्माणको काम सम्पन्न गर्न अनुरोध गर्दछु । संस्थाको आगामी पच्चिसौं वार्षिक साधारण सभासंस्थाको आफ्नो हलमा सम्पन्न गर्न सकियोस ।
स्वतन्त्र उर्जा उत्पादकहरुको साँझा यस संस्थामा देशका उर्जा क्षेत्रका प्रवुद्ध बिज्ञ व्यक्तित्वहरुलाई बोलाई मानार्थ सदस्यता प्रदान गरौं भन्न चाहन्छु । वाहाँहरुले यस संस्थामा रही जलविद्युत सोलार, हाईड्रोजन, ट्रान्समिशनलाईन आदि आयोजनाहरुको विकास डिजाईन र निर्माणको काममा सेवा प्रदान गर्ने अवसर प्रदान गर्ने संस्था बनाऔं । स्वतन्त्र उर्जा उत्पादकहरुका लागी उर्जाका परियोजनाहरुको पहिचान, अध्ययन, डिजाईन र निर्माणका कामहरुमा सल्लाहकारको सेवा दिने व्यबस्था गरी सदस्य कम्पनीहरुलाई सहयोग गर्ने व्यबस्था गरौं भन्न चाहन्छु ।
हालका दिनहरुमा उर्जा उत्पादक कम्पनीका साथिहरु नेपाल विद्युत प्राधिकरण लगायत विभिन्न विभाग र मन्त्रालयमा धाई रहनु पर्ने दैनिकी बनेको छ । स्वतन्त्र उर्जा उत्पादहरुको संस्थाको सचिवालयमा एक सहयोग डेस्क बनाई सबै कम्पनीबाट मन्त्रालय र बिभाग धाउनु पर्ने प्रकृतिका कामहरु एकल द्वारबाट सेवा प्रदान गर्ने व्यबस्था मिलाऔं भन्न चाहन्छु ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थामा सल्लाहकारको सेवा अत्यन्त आवष्यक छ । विभिन्न विषयका बिज्ञ सल्लाहकारहरु नियुक्त गरेर जलविद्युत विकासको मार्गमा काम गर्न आवष्यक छ । विज्ञहरु भेलाई अध्ययन तथा छलफल गर्ने थलो यो सचिावलय अन्तर्गत बनोस भन्न चाहन्छु । जलवायु परिवर्तको कारण परेको असरको न्यूनिकरण गर्ने काममा यस संस्थाले विदेशीहरुसंग मिलेर काम गर्ने प्रतिवेदन बनाउने तथा जलबायु परिवर्तनलाई न्यूनिकरण गर्ने मार्गमा काम होस भन्न चाहन्छु ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३÷८४ भित्र विद्युतको व्यापारमा नीजिक्षेत्रलाई प्रवेश गर्न दिने नीति र कानून बनाई लागू गर्ने भएको छ । अव विद्युतको स्वदेश तथा विदेशमा व्यापार गर्नका लागी चाहिने पूर्व तैयारीका कामहरु सुरु गर्न आवष्यकक ठानेको छु । यसमार्गमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थामा विज्ञहरु राखेर अध्ययनको काम गर्नेव्यबस्था मिलाउन अति आवष्यक छ । जलाशययुक्त आयोजनाहरुको निर्माणको लागी पनि सरकारले नीजिक्षेत्रलाई अवसर प्रदान गर्न चाहेको छ । यस विषमा पनि हामिलाई विज्ञहरुको सेवाको आवष्यकता छ । स्वतन्त्र उर्जा उत्पादक कम्पनीहरु मिलेदेशमा धेरै काम गर्न सकिन्छ । सहकार्य गर्ने बातावरण बनाउन आवष्यक छ ।
नेपालका नीजि लगानीकर्ताहरुले अब विद्युत उत्पादनको साथसाथै ट्रान्समिशनलाईन निर्माणको लागी लगानी गरी काम गरिरहनु भएको छ । वाहाँहरुको यो प्रयत्नको प्रशंसा गर्दै वाहाँहरुलाई आई पर्ने विभिन्न समस्या तथा नीतिगत कठिनाईहरु समाधान गर्न सहयोग गर्न स्वतन्त्र उत्पादकहरुको संस्थाले विज्ञहरुको सेवा तथा चाहेका जानकरीहरु उपलव्ध गराई दिओस भन्न चाहन्छु । अवको स्वतन्त्र उर्जा उत्पदकहरुको संस्थाको सचिवालय सशक्त र थप प्रभावकारी बनाउन आवष्यक छ । यहाँ असल प्रशासकहरु, विज्ञहरु राख्नु पर्दछ ।
स्वतन्त्र उत्पादकहरुको संस्थाले राष्ट्रिय अन्तराष्ट्रिय विषयहरुमा सभा तथा सम्मेलनहरु आयोजना गर्ने, लगानी सम्मलेन गर्ने आदि विषयमा धेरै कामहरु गर्नु होस । स्वतन्त्र उत्पादकहरुको संस्था नेपालमा उर्जा विषयको जानकारी र सूचना प्रवाहको केन्द्र बनोस । यस संस्थाले प्रकाशित गर्दै आएका प्रकाशनहरुको निरन्तरता र गुणस्तमा वृद्धि होस ।
विदेशमा बस्ने नेपालीहरुको जलविद्युतमा लगानी आकर्षण गर्न उनीहरुको लागी सहयोगीको भूमिका निर्वाह गरोस । नेपाल भारत बीच विद्युत व्यापारको विषयमा सभा सम्मेलन आयोजना गरोस भन्न चाहन्छु । ठुला आयोजना निर्माण तथा विदेशी लगानीकर्ताहरुलाई पनि आवष्यक सहयोग गर्ने साझा संस्था स्वतन्त्र उत्पादकहरुको संस्था बन्नु पर्दछ ।
स्वतन्त्र उर्जा उत्पादकहरु मिलेर देशमा हाईड्रोजन र सो बाट रासायनिक मल कारखाना खोलेर संचालन गर्न नेपाल सरकारसंग हातेमालो गरी काम गरौं ।
उर्जा उत्पादक कम्पनीहरुलाई स्थानीय तथ प्रदेश सरकारसंग मिलेर काम गर्ने बातावरण बनाई विद्युतको विविध क्षेत्रमा सहकार्य गर्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस