Like us!
Follow us!
Connect us!
Watch us!

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट, यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा

अर्थ संसार

बुधबार, २७ जेठ २०८३, १२ : २१ मा प्रकाशित

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट, यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा

कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको