Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा ब्रेक, परिसूचक साढे २ अंकले बढ्दा ४ अर्बको कारोबार

अर्थ संसार

बुधबार, २७ जेठ २०८३, १५ : ०८ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा ब्रेक, परिसूचक साढे २ अंकले बढ्दा ४ अर्बको कारोबार

साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्ला चार दिन लगातार घटेको बजार आज भने २.५७ अंकले बढेको हो । 

आजको कारोबार पछि नेप्से परिसूचक २७३६.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२७ कम्पनीको सेयर मूल्य बढेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स भने ०.३५ अंकले घटेर ४६८.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ । 

परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब माथिको कारोबार भएको बजारमा आज ४ अर्ब भन्दा केही बढीको कारोबार भएको छ । आज ३५६ कम्पनीका ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर ४९ हजार २४८ पटक खरिद बिक्री हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको