उर्जा उत्पादकहरुको छाता संगठन इप्पानको चुनावका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् । जेठ २९ गते शुक्रबार आयोजना हुन गइरहेको निर्वाचनमा २४ पदका लागि ४२ जनाले आवेदन दिएको इप्पानले जनाएको छ ।
जहाँ उपमहासचिव भने निर्विरोध चयन हुने भएकी छन् । अर्थात् उपमहासचिवमा कविता पोख्रेलको मात्रै उम्मेदवारी परेको छ । अन्य पदमा कडा प्रतिस्पर्धा हुँदा उपमहासचिवमा कमला निर्विरोध चयन हुनेछिन् । वरिष्ठ उपाध्यक्षमा दुई जना भिड्ने भएका छन् । उत्तम भ्लोन र बलराम खतिवडा वरिष्ठ उपाध्यक्षका लागि चुनावमा होमिएका छन् । यस्तै, उपाध्यक्षका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । इप्पानको विधान अनुसार ५ जना उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्षका लागि उम्मेदवारी दिनेहरूमा उत्तम कुमार श्रेष्ठ, कुमार खरेल, दीपक पौडेल, नरेन्द्र वल्लभ पन्त, बिक्रम विष्ट, भरत प्रसाद नेपाल, सुसन कर्मचार्य र हिम प्रसाद पाठक रहेका छन् ।
महासचिवका लागि २ जनाले र सचिवका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । महासचिवमा टेक नाथ आचार्य र प्रकाश चन्द्र दुलालले उम्मेदवारी दिँदा सचिवमा अभिज्ञ मल्ल, इशा श्रेष्ठ, कृष्ण प्रसाद घिमिरे, कुवेर मणी नेपाल, विजय मोहन भट्टराई, विरेन्द्र बहादुर मल्ल र सुमन कुमारी जोशीले उम्मेदवारी दिएका हुन् । इप्पानमा १ जना महासचिव र ५ जना सचिव रहने व्यवस्था छ । कोषाध्यक्षको १ पदका लागि मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्यालले उम्मेदवारी दिएका छन् । सदस्यको ७ पदका लागि १५ जनाले र महिला सदस्यको ३ पदका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।




अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस