Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन १० हजार भन्दा बढीले घट्यो, तोलाको कति ?

अर्थ संसार

बुधबार, २७ जेठ २०८३, १० : ४७ मा प्रकाशित

सुनको मूल्य एकै दिन १० हजार भन्दा बढीले घट्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १० हजार १०० रुपैयाँ र चाँदी १८५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९२५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको