अर्थ संसार,
काठमाडौं– व्यवस्थापिका संसद बैठक आगामी बैशाख २१ गतेसम्मलाई स्थगित गरिएको छ । आजको बैठक पुर्व सांसद नथुनी चैधरीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै २१ गतेसम्मलाई स्थगित गरिएको हो ।
स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा चार दिनसम्म बैठक किन ? आम नेपाली जनता माझ उव्जिएको प्रश्न हो ।
सरकारले १९ गते उम्मेदवार मनोनयन गर्ने मिति गुजार्नु , मोर्चा फकाउन अझै प्रयास गर्न, संविधान संशोधनका लागि आवाश्यक पर्ने सांसद संख्या सत्तारुढ र सरकारले पुर्याउन नसक्नु, एमालेलाई समेत सहमतिमा ल्याउन प्रयास गर्न आदि जस्ता कारणले बैठक चार दिनसम्म स्थगित गरेको राजनीतिक वृत्तमा चर्चा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस