Like us!
Follow us!
Connect us!
Watch us!

'सोसल मिडियामा स्टन्ट गरेका भरमा राजनीतिमा स्थापित हुन खोज्दैछन्'

अर्थ संसार

सोमबार, २६ माघ २०८२, १० : ४५ मा प्रकाशित

'सोसल मिडियामा स्टन्ट गरेका भरमा राजनीतिमा स्थापित हुन खोज्दैछन्'

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीति जित्न भनेर अग्रसर भइरहेको टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले साम्राज्यवादीहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गराउन पपुलिस्टहरूलाई लगानी गर्ने गरेको बताए ।

'अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ । सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दैछन् । विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको