रोल्पामा झण्डै दोब्बर मतले नेकपाका उम्मेदवार वर्षमान पुन प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वलीभन्दा दोब्बर मत सहित अगाडि रहेका छन् ।
पुनले १३ हजार ७७५ मत पाएका छन् भने डा. वलीले ७ हजार ७७८ मत पाएका छन् । हालसम्म थबाङ, रुन्टीगढी, गंगादेव, परिवर्तन र लुंग्री गाउँपालिकाको पूरा र सुमिलस्मृतिका ३, ४, ६ र ८ वडाको मत गणना सकिएको छ। हालसम्म करिब आधा मतको गणना गरिएको छ। यहाँ १ लाख ४९ हजार ५९७ मध्ये ६९ हजार ४०८ मतदान भएको थियो।
हालसम्म गणना गरिएको ३६ हजार ७६६ मध्ये १ हजार ७०५ मत बदर भएको छ। यसैगरी रास्वपाका बालाराम थापाले ५ हजार ६ सय ९८, एमालेका गोकुल घर्तीले ४ हजार ६२२, नेकपा माओवादीका चुडामणि वलीले २ हजार ४६६ मत पाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस