Like us!
Follow us!
Connect us!
Watch us!

चुनावी संकेत - स्वर्णिम वाग्ले अर्थमन्त्री ?

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १६ : ४६ मा प्रकाशित

चुनावी संकेत - स्वर्णिम वाग्ले अर्थमन्त्री ?

प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल सरकार गठनको स्थिति बनाउँदै गएको देखिन्छ। प्रारम्भिक राजनीतिक संकेतअनुसार आगामी सरकारको नेतृत्व बालेन शाहले सम्हाल्ने सम्भावना देखिएको छ।

सरकार गठनसँगै पार्टीभित्र महत्वपूर्ण भूमिकामा रहेका डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइन सक्ने संकेत देखिएको छ। अर्थमन्त्री बनेपछि उनी उदार आर्थिक नीतिलाई प्राथमिकतामा राख्दै बैंकिङ, बीमा, व्यापार र शेयर बजारमा गतिशीलता ल्याउने योजना अघि बढाउन सक्ने चर्चा छ।

नयाँ नेतृत्वले ऊर्जा, शहरीकरण र उपभोगमुखी आर्थिक गतिविधिमा पनि जोड दिने अपेक्षा गरिएको छ। छोटो अवधिमा आर्थिक गतिविधि बढाउन सकिए पनि यसको दीर्घकालीन प्रभाव कार्यान्वयनपछि मात्र स्पष्ट हुनेछ।

मतदाताले रास्वपाप्रति देखाएको भरोसा आर्थिक सुधार र विकासमार्फत सम्बोधन गर्न नयाँ नेतृत्व कत्तिको सफल हुन्छ। विश्व अर्थतन्त्रबारे नलेज भएका वाग्ले अर्थमन्त्री भए भने अबको नेपाली अर्थतन्त्र विशेष गरेर नेपाली सेयर बजार कता जाला भन्ने बिषय अबको राजनीतिक बहसको केन्द्र बन्ने देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको