Like us!
Follow us!
Connect us!
Watch us!

फेरि अग्रता लिए सुहाङले, माटोसँग कडा टक्कर

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, २० : ५४ मा प्रकाशित

फेरि अग्रता लिए सुहाङले, माटोसँग कडा टक्कर

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ। चुलाचुली गाउँपालिकाका चार वटा वडाहरू १, ४, ५ र ६ को गणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पुन अग्रता लिएका छन् ।

पहिलो पटक सार्वजनिक भएको मत परिणाममा सुहांगले अग्रता लिएका थिए । दोस्रो पटक सार्वजनिक भएको मत परिणाममा श्रम संस्कृति पार्टीका सुदिप राईले अग्रता बनाएका थिए । पछिल्लो आधिकारिक विवरणअनुसार एमालेका सुहाङ नेम्वाङले २,०६२ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन्। उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले १,९२५ मतका साथ कडा टक्कर दिइरहेका छन्। सुहाङ र सुदिपबीचको मतान्तर मात्र १३७ रहेको छ।

नेपाली काँग्रेसका भेषराज आचार्य ८८१ मत पाएका छन् । रास्वपाका गोकुल बहादुर राईले ८०५ मत पाएका छन् । अहिलेसम्म ६,५६९ मत गणना भएकोमा ४३० मत बदर भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको