Like us!
Follow us!
Connect us!
Watch us!

सबै दल समेटेर निर्वाचनमा जाने काँग्रेसको निर्णय

आइतबार, १७ बैशाख २०७४, १४ : २१ मा प्रकाशित

सबै दल समेटेर निर्वाचनमा जाने काँग्रेसको निर्णय

अर्थ संसार 

काठमाडौँ– नेपाली काँग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज बिहान भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई÷मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । 

सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गराई चुनावी वातावरण बनाउन व्यवस्थापिका–संसद्को ठूलो दल भएका नाताले काँग्रेसले विशेष भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको सांसद रामकृष्ण यादवले बताउनुभयो । 

यही वैशाख ३१ निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का ८० प्रतिशत गाउँपालिका एवम् नगरपालिकाका उम्मेदवारको टुङ्गो पार्टीले लगाइसकेको छ । टुङ्गो लागिसकेकाहरुलाई ‘टिकट’ पठाइसकिएको मुख्यसचिव पौडेलले बताउनुभयो । बाँकी स्थानीय तहमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली सोमबार बिहानसम्म तयार पार्ने निर्णय पनि आज भएको छ । 

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पूर्वपदाधिकारीको पनि उपस्थिति थियो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको