Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक अभियन्ता लम्साल भन्छन्, समाजसेवा गर्न मनैदेखि विशुद्ध भावना पैदा हुनुपर्छ

कथा प्रेरणाको

आइतबार, ११ माघ २०७७, १५ : ४३ मा प्रकाशित

हामीले देख्ने गरेका छौं कुलतमा फसेको कतिपय युवाहरु आफ्नो जीवन कुलतबाट नै समाप्त पार्ने गर्छन् । तर कुलतमा फसेर पनि फेरी सुध्रने युवाहरु भने ज्यादै कम हुन्छन् समाजमा । यसको उदाहरण हुन् सामाजिक अभियन्ता दिपक लम्साल । जीवनको विभिन्न उतारचढाव र भोगाईका बीचमा कुनै समय कुलतमा फसेका लम्साल अहिले सामाजिक कार्यमा आफ्नो दिनचर्या व्यतित गरिरहेका छन् । 

पछिल्लो समय युवाहरु विदेशिने क्रम बाक्लिदै गइरहेको छ ।  आफ्नै देशमा केहि गरौँ भन्ने भन्दा विदेशिनेको जमात बढी छ ।  विविध कारणकाबीच युवाहरु विदेशिने क्रम बढेको छ । तर आफ्नै देशमा केहि गर्नुपर्छ भनेर समाजसेवामा होमिएका छन् दिपक लम्साल । लम्सालले ग्रामिण भेगका विपन्न वर्गदेखि असाहय बालबालिकालाई पनि सहयोग उपलब्ध गराउँदै आएका छन् । 
आफैले संचालन गरिरहेको निजि विद्यालयमा लम्सालले ६० जना गरिब, दलित र पिछडिएका विद्यार्थीहरुलाई निशुल्क  शिक्षा प्रदान गरिरहेका छन् ।  सामाजिक अभियन्ता लम्साल समाजसेवा गर्न मनैदेखि विशुद्ध भावना पैदा हुनुपर्ने बताउँछन् ।

जीवनको अर्को यात्रा भनेकै संघर्ष हो ।  जीवनमा केहि गर्नु छ भने संघर्ष गर्नैपर्छ ।  अनेकौं संघर्षका बीच समाजसेवामा होमिएका लम्साल टिकटक मार्फत पनि समाजसेवामा सक्रिय छन् । आजको कथा प्रेरणाको अंकमा उनै सामाजिक अभियन्ता दिपक लम्सालको कथालाई प्रस्तुत गरेका छौं :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको