Like us!
Follow us!
Connect us!
Watch us!

केटाहरुसँग नबोल्ने सर्तमा कलेज भर्ना भएकी थिएँ : नानीमैया श्रेष्ठ

कथा प्रेरणाको

आइतबार, १९ बैशाख २०७८, १७ : ०२ मा प्रकाशित

केटाहरुसँग नबोल्ने सर्तमा कलेज भर्ना भएकी थिएँ : नानीमैया श्रेष्ठ

"खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ पढ्ने व्यक्तिलाई उमेरले  छेक्दैन", यही भनाइलाई पुष्टि गरेकी छिन् नानीमैया श्रेष्ठले ।

ललितपुर निवासी नानीमैया श्रेष्ठले ७० वर्षको उमेरमा नेपाल भाषामा एमबिए पास गरेर लाखौं नेपालीहरुका लागि प्रेरणाकी श्रोत बनेकी हुन् । १० वर्षसम्म नपढीकन बिताएकी उनले १० वर्ष पछि बुवासँग आग्रह गरी कन्या स्कुलमा भर्ना भएर त्यहीँबाट एसएलसी पास गरिन् ।

क्याम्पस पढ्नका लागि उनका बुवाले केटाहरुसँग नबोल्ने सर्तमा अनुमति दिएका थिए । यसै प्रकारले उनले आईए पास गरिन् । बीए पढ्दा पढ्दै उनको विवाह भयो । विवाह पश्चात २ जना छोरी पाउनञ्जेलमा उनले बीए पास गरिन् । ३ जना छोरा छोरी स्कुल पढ्न जान थालेपछि उनि पनि स्कुलमा पढाउन थालिन् । बच्चा बच्ची भएका कारण उनले पढाई बिचमै रोक्नु पर्यो । २० वर्षको अन्तरालपछि उनले मौका परिक्षा दिएर बीएड पास गरिन् । यसै प्रकारले उनले हिम्मतका साथ ७० वर्षको उमेरमा एमबिए पास गरि दिक्षित हुन सफल भईन् । 

नानीमैया श्रेष्ठको शैक्षिक यात्राबाट हामी के बुझ्न सक्छौं भने हिम्मत, इच्छाशक्ति र आत्मविश्वास भए हरेक व्यक्ति सफल हुनेछन् । अनि आफ्ना सपना साकार बनाउन मानिसले धैर्य गर्न पनि सिक्नुपर्छ । भनिन्छ नी, ‘धैर्य र समय दुई एकदमै शक्तिशाली योद्धा हुन् ।’ यो भनाईलाई नानीमैया श्रेष्ठको जीवनसँग दाँजेर हेर्ने हो भने जसरी उनले पढाइलाई बिचमै रोकी २० वर्ष पछि फेरी निरन्तरता दिईन् । यसरी नै हामीले पनि धैर्यताका साथ आफ्नो सपना साकार बनाउने हो भने एकदिन हामी पनि अवश्य सफल हुनेछौं । 

हेराैँ हिम्मतका साथ ७० वर्षको उमेरमा एमबिए पास गरि दिक्षित हुने नानीमैया श्रेष्ठको प्रेरणाकाे कथा :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको