Like us!
Follow us!
Connect us!
Watch us!

म सक्छु भनेर गर्ने हो भने केही काम पनि असम्भव छैन : रीना सील्पकार

कथा प्रेरणाको

शनिबार, १८ बैशाख २०७८, १५ : ०५ मा प्रकाशित

भनिन्छ, “जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरु देख्छन् अनि हार्ने लक्षण भएको व्यक्तिले समस्या” । यही भनाइलाई पुष्टि गरेकी छिन् रीना सील्पकारले ।

ललितपुर महानगरपालिका वडा नं. १२ निवासी रीना सील्पकार विगत आठ वर्षदेखि सवारी साधन पार्किङ्गमा काम गर्दै आइरहेकी छिन् । रीनाको ११ वर्षीय छोरा छ । उनका श्रीमान् सुधार केन्द्रमा काम गर्छन् । बिहानभर घरको कामकाज भ्याई उनी १० बज्दा पार्किङ्ग स्थल आइपुग्छिन् । अनी त्यहाँबाट सुरु हुन्छ उनको पार्किङ्गकाे काम । निरन्तर साँझ ८ बजेसम्म त्यहाँ बसी उनी घर फर्किन्छिन् । पार्किङ्गबाट दिनमा पन्ध्र सयदेखि २ हजारसम्म उठ्दछ । त्यहाँबाट उठेको केही रकम नगरपालिका, वडा र टोल सुधार समितिलाई बुझाई बाँकी रहेको उनी आफू राख्दछिन् । सुरुवाती दिनहरुमा दुख खेप्नुपरे पनि हाल परिवारको समर्थन र अन्य व्यक्तिहरुको प्रोत्साहनले गर्दा आफूलाई काम गर्न झनै उर्जा मिल्ने रीना बताउँछिन् ।

हेराैँ अनेकाैँ चुनाैतीहरूलाई सामना गर्दै अघि बढीरहेकी रीना दिदीकाे प्रेरणाकाे कथा :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको