Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलियाको डलर त्यागेर स्वदेशमै व्यवसाय संचालन गरिरहेका एक युवाको सफलताको कथा

कथा प्रेरणाको

मंगलबार, २० माघ २०७७, १६ : १४ मा प्रकाशित

पछिल्लो समय रोजगारी नपाएर विदेश जानेहरुको लर्को नै छ नेपालमा  । दैनिक हजारौं युवाहरु रोजगारीको लागि देश छोडेर परदेश जाने गर्छन्  । नेपालमै केहि गरौँ भन्ने युवाहरुको संख्या निकै कम छ  । देश हाक्ने युवाहरु विदेशमा पसिना बगाइरहेका छन्  । अझ अष्ट्रेलिया, अमेरिका लगायत युरोपेली देशहरुमा जानेहरुको त होडबाजी नै छ  । उनीहरु उतै सेटल हुन चाहन्छन्  । 

तर एक युवा जो ५ वर्षसम्म अष्ट्रेलियामा बसेर आफ्नै देश फर्किएर व्यवसाय गरी युवाहरुलाई रोजगारी प्रदान गरिरहेका छन्  । उनी हुन् गोकर्ण हिलसाइड रिसोर्टका संचालक संजिव चालिसे । हजारौं युवाहरुको मोह विदेशतिर ढल्किरहेको बेला उनको यो कार्यले आफ्नै देशमा केहि गरौँ भन्ने युवाहरुलाई भने प्रेरित नै गर्दछ ।

अरुको देशलाई धनी बनाउनुभन्दा आफ्नै देशमा केहि गरौँ भन्ने सोचले विदेशको मोह विदेशमै त्यागेर स्वदेश फर्किएका चालिसेले अहिले २२ जना युवाहरुलाई रोजगारी समेत दिइरहेका छन्  । उनले गोकर्णेस्वर नगरपालीकास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र गोकर्णमा आफ्नो रिसोर्ट संचालन गर्दै आइरहेका छन्  । उनले विगत २ वर्षदेखि उक्त रिसोर्ट संचालन गर्दै आइरहेका छन् ।

विदेशमा सिप र अनुभव बटुलेर स्वदेश फर्केका उनी व्यवसाय गर्नुअघि आफुले गर्नुपूर्व के काम कसरी गर्ने , के गर्दा ठिक होला, के गर्दा सफल भइन्छ भन्नेबारेमा अध्ययनशील हुनुपर्ने बताउँछन् । विदेशमा गर्ने दुख यहि गर्ने हो भने त्यहाँ जति नै कमाउन सक्ने उनी बताउँछन् । 

कामलाई सानोठुलो भन्ने प्रवृत्तिले गर्दा नै युवाहरु बाहिरिएको उनी बताउँछन् । यदि युवाहरुमा केहि गरौँ भन्ने भावना छ भने आफ्नै देशमा गर्नुपर्ने उनी बताउँछन् ।  आफ्नै देशलाई माथि उठाउने समृद्ध बनाउने प्रमुख दायित्व युवाहरुको नै हुने गर्दछ तर पछिल्लो समय घरदेश छाडेर परदेशतिर लाग्नेहरुको लाम नै छ । देश हाक्ने युवाहरु आफ्नो परिश्रम परदेशमा बगाइरहेका छन् । उनीहरुलाई लागि संजिव चालिसे प्रेरणाका स्रोत हुन् । जसले युरोपियन देशमा गएर त्यहि बसोबास गर्छु भनेर सपना देख्नेहरुलाई  राम्रो पाठ सिकाउँछ ।

कथा प्रेरणाको आजको अंकमा उनै संजिव चालिसेको भोगाई, संघर्ष अनि सफलताको कथालाई प्रस्तुत गरेका छौं :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको