Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लार्ज क्याप फण्डमा लगानीकर्ताको ओइरो

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, १६ : ३१ मा प्रकाशित

सानिमा लार्ज क्याप फण्डमा लगानीकर्ताको ओइरो

सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोषमा आज आइतबारसम्ममा ९१ करोडको आवेदन परेकाे छ ।

मंगलबार बेलुका ४:१५ बजेसम्ममा ६३ हजार २ सय ९१ जना आवेदकले ९१ करोड ३७ लाख १० हजार २ सय रुपैयाँकाे आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । .

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म माघ २६ गतेसम्मसम्म आवेदन दिन पाइनेछ । 

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको