Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा क्यापिटलको एजिएम आज, २५ प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १० : १९ मा प्रकाशित

सानिमा क्यापिटलको एजिएम आज, २५ प्रतिशत लाभांश पारित हुँदै

सानिमा क्यापिटलको वार्षिक साधारण सभा आज बस्दैछ ।

क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित छैटौं साधारण सभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा दिउँसो १ बजेबाट सुरू गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पेश हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, नाफा नोक्सान, वासलातलगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको