Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा क्यापिटलका दुई म्युचुअल फण्डले घोषणा गरे लाभांश,कुनको कति ?

अर्थ संसार

विहीबार, २९ साउन २०८२, १० : ४५ मा प्रकाशित

सानिमा क्यापिटलका दुई म्युचुअल फण्डले घोषणा गरे लाभांश,कुनको कति ?

सानिमा क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन् ।

'सानिमा ग्रोथ फण्ड' र 'सानिमा लार्ज क्याप फण्ड'ले आव २०८१/८२ को संचित मुनाफाबाट इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। 'सानिमा ग्रोथ फण्ड'ले १५.७९ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गरेको छ। उक्त फण्डले कुल १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै, 'सानिमा लार्ज क्याप फण्ड'ले २१.०५ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गरेको छ। यस फण्डले आफ्ना इकाईधनीहरूलाई २५ करोड २६ लाख ३१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको