Like us!
Follow us!
Connect us!
Watch us!

विश्व लगानीकर्ता सप्ताहको अवसरमा सानिमा क्यापिटलकाे सचेतना कार्यक्रम

अर्थ संसार

बुधबार, ०२ कार्तिक २०७९, १६ : ३० मा प्रकाशित

विश्व लगानीकर्ता सप्ताहको अवसरमा सानिमा क्यापिटलकाे सचेतना कार्यक्रम

विश्व लगानीकर्ता सप्ताह, २०२२ को अवसरमा सानिमा क्यापिटल लिमिटेडले लगानीकर्ता सचेतना कार्यक्रम आयाेजना गरेकाे छ ।

क्यापिटलले असाेज २९ गते पञ्चकन्या–०२, कान्देपानी, नुवाकोटका स्थानीय बासिन्दालाई लगानी सचेतना कार्यक्रम आयोजना गरेको हाे । साे कार्यक्रममा स्थानीयहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।

उक्त कार्यक्रममा क्यापिटलले स्टकमा जोखिम व्यवस्थापन लगायत सेयर बजारको आधारभूत ज्ञानका बारेमा स्थानीय जनतालाई तालिम दिएको थियाे ।

सानिमा क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागिे समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको