Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको लाभांश पारित

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १७ : १५ मा प्रकाशित

ज्योति विकास बैंकको लाभांश पारित

ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकको उक्त सभा आज (माघ १४ गते, बुधवार) भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिकाअध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७६/ ७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनश सेयर पारित गरे पश्चात बैंकको चुक्ता पूँजी रु. ३अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ।

साधारण सभाले बैंकको संस्थापक सेयरधनी समुहको तर्फबाट हरिप्रसाद ,हरिचन्द्र खड्का सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट  नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तियविवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको