Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स डायोग्नोस्टिक सेन्टरमा छुट

अर्थ संसार

विहीबार, १३ भदौ २०८१, ०८ : ०४ मा प्रकाशित

ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स डायोग्नोस्टिक सेन्टरमा छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायोग्नोस्टिक सेन्टर’ले आफ्ना सेवाहरुमा २० प्रतिशतसम्मको छुट दिने भएको छ ।

ज्योति विकास बैंक र डायोग्नोस्टिक सेन्टरबीच भएको नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले क्लिनिकमा इन-हाउस परीक्षणहरू गराउँदा उक्त छुट पाउने भएका हुन् ।

यसअघि बैंकले आफ्ना ग्राहकका लागि काठमाडौंस्थित प्रख्यात ट्र्यांक्विलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको थियो । साथै, बैंकले लुगासुगाट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजप्रति थप उत्तरदायित्व देखाएको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

66cfdb15e4598.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको