Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र सीफुडबीच ग्राहकलाई माछामासु किन्दा छुट दिने सम्झौता

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १४ : १० मा प्रकाशित

ज्योति विकास बैंक र सीफुडबीच ग्राहकलाई माछामासु किन्दा छुट दिने सम्झौता

ज्योति विकास बैंकले ग्राहकवर्गलाई सी फुड बाट माछामासुलगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशत सम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सकातर्फबाट संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेका थिए ।

ज्योति विकास बैंकका ग्राहकले सीफुडका खाद्यसामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको जनाएको छ ।

बैंकले आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको पनि जनाएको छ ।

ज्योति विकास बैंकले हाल एक सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको