Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको नाफामा १८.८२ प्रतिशतले गिरावट, अन्य सूचक के भए ?

अर्थ संसार

विहीबार, १५ माघ २०७७, ०९ : १९ मा प्रकाशित

एनसीसी बैंकको नाफामा १८.८२ प्रतिशतले गिरावट, अन्य सूचक के भए ?

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ६१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा यो नाफा १८.८२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले सञ्चालन मुनाफाबापत ८५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको तुलनामा १९.२० प्रतिशतले कम हो। गत वर्ष सञ्चालन मुनाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४४ करोड खुद व्याज आम्दानी गरेको छ। गत वर्षको सोहि अवधिमा खुद व्याज आम्दानी १ अर्ब ६६ करोड रुपैयाँ थियो। 

त्यसैगरी, बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी १६.१७ रुपैयाँबाट घटेर १३.१३ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १४८.३८ रुपैयाँ रहेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

601231d55c5b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको