Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ माछापुच्छ्रे बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण

अर्थ संसार

विहीबार, १५ माघ २०७७, ०९ : ३७ मा प्रकाशित

यस्तो छ माछापुच्छ्रे बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.३२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ८२ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

त्यसैगरी, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको तुलनामा ६.४९ प्रतिशतले कम हो। गत वर्ष सञ्चालन मुनाफा १ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष १ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ थियो। 

बैंकको प्रतिसेयर आम्दानी १९.४३ रुपैयाँबाट घटेर १७.७३ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १३३.६६ रुपैयाँ रहेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको