Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकद्धारा ‘मेरो सेयर बचत खाता’ सार्वजानिक

अर्थ संसार

आइतबार, १८ माघ २०७७, १६ : ५४ मा प्रकाशित

गरिमा विकास बैंकद्धारा ‘मेरो सेयर बचत खाता’ सार्वजानिक

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको गरिमाविकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ ।

यो खाताअन्तर्गत ग्राहकहरुले न्युनतम रु ५०० माखाताखोलीनिःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधालिन सकिनेछ । पहिला नै डिम्याट खाताहुने ग्राहकहरुले पनि यो खाताखोलीनिःशुल्क सी–आस्बाको सुविधालिन सक्नुहुनेछ । 

वर्तमानअवस्थामा कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५% ब्याजदर प्रदान गर्ने बताएको छ । जनमानसमा शेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली शेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्घेश्य रहेको यस बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउनुभएको छ । 

हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखाकार्यालयहरु र ५१ ए.टि.एम.मार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षितएवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको