Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको नाफा ११.९५ प्रतिशतले बढ्यो, ईपीएस कति ?

अर्थ संसार

मंगलबार, २० माघ २०७७, १७ : ०४ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको नाफा ११.९५ प्रतिशतले बढ्यो, ईपीएस कति ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले  २२ करोड ५० लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ११.९५ प्रतिशतले धेरै हो ।
गत वर्ष  सोहि अवधिमा संस्थाले २० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ३४.१९ प्रतिशतले बढेर ६० करोड १५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोहि अवधिमा संस्थाले ४४ करोड ८३ लाख रुपैयाँमा खुद व्याज आम्दानी गरेको थियो। 

दोस्रो त्रैमासमासंस्थाको सञ्चालन मुनाफा ३५ करोड ३५ लाख रुपैयाँ रहेको छ। गत वर्षको सोहि अवधिमा यो मुनाफा ३१ करोड ५७ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको चुक्ता पूँजी ५ करोड रहेको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) ८९.९३ रुपैयाँ र  प्रतिसेयर नेटवर्थ ३२०.३९ रुपैयाँ रहेको छ।

601935ea82bce.JPG 601935ee71e3f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको