Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोको रिपोर्ट : खुद नाफा र ईपीएस उफ्रिदा, एनपीलमा चिप्लियो !

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, ०८ : १४ मा प्रकाशित

फरवार्ड माइक्रोको रिपोर्ट :  खुद नाफा र ईपीएस उफ्रिदा, एनपीलमा चिप्लियो !

फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

खुद नाफा बढ्यो 

फरवार्ड माइक्रो फाइनान्सले यस आर्थिक वर्षकोपहिलो नौ महिनामा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो सोहि अवधिको तुलनामा यो आकर्षक १६७.१५ प्रतिशतले नाफा बढाएको रिपोर्टले देखाउछ। अघिल्लो वर्ष यसै अवधिमा संस्थाले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

कसरी बढ्यो नाफा ?
कम्पनीको खुद नाफा बढ्नुलाई खुद ब्याज आम्दानी बढाउनुले टेवा दिएको छ। खुद ब्याज आम्दानी पनि ६.१६ प्रतिशतले अघिल्लो वर्षको बढेको देखिन्छ । अघिल्लो वर्षको पहिलो ९ महिनमा ८२ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी यस वर्ष ८७ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।  

तेस्तै, फरवार्ड माइक्रोले सञ्चालन आम्दानी पनि बढाएको छ। यस आर्थिक वर्ष कम्पनीले ५९ करोड ८९ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । गत वर्ष यो ४९ करोड ५१ लाख रहेको थियो।  जुन २०.९६ प्रतिशतले धेरै हो । 

खराब कर्जामा चिप्लियो !

राम्रो रिपोर्ट तर फरवार्ड माइक्रो खराब कर्जा अनुपात अर्थात एनपीलमा भने चिप्लिएको छ। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ५.८६ प्रतिशत प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ। 

सब्बल पक्ष भनेको फरवार्ड माइक्रो इम्पेरमेन्ट चार्ज भने घटेको छ। हाल ४२ करोड १५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज छुटाएको छ भने अघिल्लो वर्ष ४८ करोड ५५ लाख रहेको थियो। 

प्रतिसेयर आम्दानीमा सुधार  

माइक्रोको समीक्षा अवधिसम्म संस्थाको प्रति सेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा५.५१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी (ईपीएस) अहिले बढेर १४.७२ रुपैयाँ पुगेको छ ।

तेस्तै लघुवित्तको वितरण योग्य मुनाफा ११ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रति सेयर वितरणयोग्य आम्दानी ४२ रुपैयाँ ७८ पैसा रहेको छ।

अरु सूचक 

फरवार्डको हालको प्रतिसेयर नेटवर्थ २६९.३४ रुपैयाँ रहेको छ।  तेस्तै रिपोर्टमा  प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९७३.६१ रुपैयाँ रहेको जनाइएको छ। यस बाहेक मूल्य आम्दानी अनुपात ७६ गुणा र तरलता अनुपात ४.८८ प्रतिशत कायम रहेको रिपोर्टले देखाउछ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको