Like us!
Follow us!
Connect us!
Watch us!

हरित सामुदायिक कृषि बजारमा माछापुछ्रे बैंकको क्युआर कोड सेवा

अर्थ संसार

बुधबार, २१ माघ २०७७, १६ : ४९ मा प्रकाशित

हरित सामुदायिक कृषि बजारमा माछापुछ्रे बैंकको क्युआर कोड सेवा

डिजिटल बैंकिङ्गकारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुछ्रे बैंक लि. ले राजधानिको तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । बुधबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोड मार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गर्नुभएको हो । 

उक्त क्युआर कोड सेवा सुरु भएसंगै हरित कृषि बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरीआफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । 
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसादअधिकारी ले कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमाआधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने हुदाँ भविष्यमा आफ्नो व्यापार व्यवसायको बृद्धिको ऋण लिन व्यवसायीलाई सहज हुने कुरा बताउनुभयो । साथै उहाँले नेपाल राष्ट्र बैंक डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरु ल्याउने योजनामा रहेको समेत जानकारी गराउनुभयो । 

उक्त कार्यक्रममा बोल्दै  माछापुछ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसादमहतो ले तरकारी तथा फलफुल बजारमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने  माछापुछ्रे  बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

त्यसैगरी, सोही कार्यक्रममा बोल्दै हरित कृषि सहकारी संस्थाका प्रमुखकार्यकारी अधिकृत कोमल बरालले  माछापुछ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले तरकारी तथा फलफुल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पुहुच पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसादअधिकारीले तरकारी किनेर क्युआर कोड मार्फत उक्त तरकारीको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गर्नुभएको थियो । 

सो बजारमा रहेकाकुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँप्रविधिमाआधारित सेवा सुविधाग्राहकमाझल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने लगायतका थुप्रै अत्याधुनिकप्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको